वायु प्रदूषण बढसँगै दिल्लीमा सवारी साधन र निर्माण गतिविधिमा प्रतिबन्ध

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार १५:४० मा प्रकाशित

बढ्दो वायु प्रदुषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एकपटक सवारी साधन र निर्माण गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ ।

शनिवारबाट लागू हुनेगरी प्रदेशका वातावरणमन्त्री गोपाल राईले राजधानीको वायु गुणस्तर सूचक ९एक्यूआई० ‘गम्भीर’ श्रेणीमा परेकाले यातायात र निर्माण गतिविधिमा प्रतिवन्ध लगाइएको बताए ।

संघीय सरकारको वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली र यसको वरपरको राष्ट्रिय राजधानी क्षेत्रमा एक्युआई बिग्रँदै गएकाले गैर(आवश्यक निर्माण कार्य, पेट्रोल र डिजेल चारपाङ्ग्रे सवारी साधनहरू चलाउन प्रतिवन्ध लगाइएको छ ।