८ मंसिर २०८१, शनिबार
जापानकोहनेदा विमानस्थलमा मंगलबार एउटा विमानमा आगलागी भएको छ । धावन मार्गमा गुडिरहेको अवस्थामा विमानमा आगो लागेको हो ।
समाचार एजेन्सीहरुका अनुसार होक्काइदो सहरबाट ३७९ बढी यात्री लिएर आएको जापान एयरलाइन्सको जेट विमान अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो । उक्त विमान त्यहाँ रहेको अर्को विमानमा ठोक्किएपछि आगो लागेको बताइए पनि औपचारिक रुपमा थप विवरण सार्वजनिक गरिएको छैन ।
विमानमा सवार यात्रीको अवस्थाबारे पनि खुलाइएको छैन । यद्यपि ‘एनएचके’ टेलिभिजनले आगलागीपछि उद्धारकर्मीको टोलीले आगो निभाउन प्रयास गरिरहेको दृश्य प्रसारण गरेको छ ।