हतकडीसहित अदालतबाट भागेका थुनुवा पक्राउ

होमल्याण्ड खबर

२०८० पुष १९ गते, बिहीबार १०:४४ मा प्रकाशित

काठमाडौं जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन्। ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खड्कालाई भक्तपुरबाट पक्राउ गरेकाे परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए। खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीका अनुसार खड्काको डेरा भक्तपुरमा थियो। उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो।