६ चैत्र २०८२, शुक्रबार
काठमाडौं जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन्। ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खड्कालाई भक्तपुरबाट पक्राउ गरेकाे परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए। खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो ।


प्रहरीका अनुसार खड्काको डेरा भक्तपुरमा थियो। उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो।