८ मंसिर २०८१, शनिबार
भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्केका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले विदाइ गरेकी हुन्। नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आएका थिए।
दुई दिनको कार्यक्रम सकेर उनी आज स्वदेश फर्केका हुन्। उनको नेपाल भ्रमणका क्रममा नेपाल- र भारतबीच १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।
यसैगरी नेपाल-भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगक बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो। बिहीबार परराष्ट्र मन्त्री एनपी साउद र समकक्षी जयशंकरको सहभागितामा दुई देशबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो। जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन्।
बैठकमा १३२ केभीका तीनवटा अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको छ। जसमा रसुवा-परवानीपुर, कटैया-कुशाहा र नौतनवा-मैनावार रहेका छन्। त्यस्तै बैठकमा भारतले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न एक हजार करोड सहयोगको घोषणा भएको छ। बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको हो। नेपाल बसाइका क्रममा विदेशमन्त्री जयशंकरले राजनीतिक भेटघाट गरेका थिए।