३० कार्तिक २०८१, शुक्रबार
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन् ।
शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भागेको भोलिपल्ट राष्ट्रपति मोहम्मद शहाबुद्धिनको निर्देशनअनुसार जिया रिहा भएकी हुन् ।
डेली स्टारका अनुसार राष्ट्रपति मोहम्मद सहबुद्दीनले जियासहित पछिल्लो आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न निर्देशन दिएका थिए ।
जिया सन् २०१८ देखि जेलमा थिइन् । प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले पूर्वाग्रहका आधारमा उनलाई जेलमा पुर्याएको आरोप लाग्दै आएको थियो ।
हसिना नै आन्दोलनका कारण देश छोडेर भागेपछि जियाको रिहाईको बाटो खुलेको हो ।