३० फाल्गुन २०८२, शनिबार
धादिङमा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजीमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको छ ।
दुर्घटनामा चालक र सहचालक बेपत्ता भएका छन् । उनीहरूकाे खाेजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् ब्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोर सहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ ।

