दुर्गा प्रसाईंलाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति

होमल्याण्ड खबर

२०८१ मंसिर २३ गते, आईतवार १५:५५ मा प्रकाशित

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो ।

प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।