नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

होमल्याण्ड खबर

२०८१ मंसिर २८ गते, शुक्रबार १०:३० मा प्रकाशित

नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन र काज सरुवा गरेको छ ।  कार्यालयअन्तर्गतको मानव स्रोत विकास विभागले जनपद प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा गरेको हो ।प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारीसहितको सरुवा गरेको  जनाएको छ ।