नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रु मृत घोषित

होमल्याण्ड खबर

२०८१ पुष ७ गते, आईतवार १५:४१ मा प्रकाशित

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत अवस्थामा भेटिएका ताप्लेजुङका देउमान लिम्बुलाई नजिकको केएमसी पुर्‍याइएकाे थियाे । अस्पताल लगिएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको हाे ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।