३० फाल्गुन २०८२, शनिबार
नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत अवस्थामा भेटिएका ताप्लेजुङका देउमान लिम्बुलाई नजिकको केएमसी पुर्याइएकाे थियाे । अस्पताल लगिएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको हाे ।
यस विषयमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

