माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८१ पुष १५ गते, सोमबार १५:१३ मा प्रकाशित

वामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा परिचर्चाको बिचमा आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका हुन् ।

सो क्रममा आलोकनगरमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबिच भेटवार्तासमेत भएको छ।

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबिच वार्ता चलिरहेको छ तर टुंगोमा पुगिसकेको भने छैन ।