६ बैशाख २०८२, शनिबार
चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई चीनले प्रतिवाद गर्ने भएको छ । चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ट्रम्पको कदमविरुद्ध जवाफी कारबाही गर्ने बताएको हो ।
मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ । यसले विश्व व्यापार संगठनको नियमको गम्भीर उल्लङ्घन गरेको छ ।’ ट्रम्पको यस्तो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक रहेको मन्त्रालयले बताएको छ ।
चीनले अब अमेरिकाको गलत व्यवहारविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा हाल्ने रुआफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिकारात्मक कदम चाल्ने जनाएको छ । साथै अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्याको सामना गर्न चीनसँग मिलेर काम गर्न चीनले अपील गरेको छ ।