६ बैशाख २०८२, शनिबार
भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर भागदौड मच्चिएको थियो । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।