सुनकाे मूल्य तोलामै १ लाख ७० हजार नाघ्यो

होमल्याण्ड खबर

२०८१ फाल्गुन ७ गते, बुधबार १२:३२ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ११ सयले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ७० हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १९ सय ८५ निर्धारण गरिएको छ ।