६ बैशाख २०८२, शनिबार
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ११ सयले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ७० हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १९ सय ८५ निर्धारण गरिएको छ ।