२८ फाल्गुन २०८१, बुधबार
शंकरदेव क्याम्पसमा चैत ५ गते तय भएको स्ववियू निर्वाचन स्थगित भएको छ ।
निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका बाँकी प्रक्रिया स्थगन गरिएको बताए ।
संयोजक सुवेदीले कस्तो प्रकारको असामान्य परिस्थिति भनेर खुलाएका छैनन् । तर अर्को सूचना जारी नहुँदासम्म सबै प्रक्रिया रोकिएको बताएका छन् ।