स्ववियु निर्वाचन : शंकरदेव क्याम्पसमा चुनाव स्थगित

होमल्याण्ड खबर

२०८१ फाल्गुन २८ गते, बुधबार १०:५७ मा प्रकाशित

शंकरदेव क्याम्पसमा चैत ५ गते तय भएको स्ववियू निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका बाँकी प्रक्रिया स्थगन गरिएको बताए ।

संयोजक सुवेदीले कस्तो प्रकारको असामान्य परिस्थिति भनेर खुलाएका छैनन् । तर अर्को सूचना जारी नहुँदासम्म सबै प्रक्रिया रोकिएको बताएका छन् ।