२९ फाल्गुन २०८२, शुक्रबार
धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा विवाद भएको छ ।
दुई समूहबिच झडप भएपछि प्रहरीले गोली चलाएको छ ।


भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा सन्तोष यादव घाइते भएका छन् ।
कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यादवलाई जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दुई समुदायबिच आइतबार पनि विवाद भएको थियो ।