दुई समूहबिच झडप भएपछि प्रहरीले गोली एक जना घाइते

होमल्याण्ड खबर

२०८१ चैत्र ३ गते, सोमबार १६:५६ मा प्रकाशित

धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा विवाद भएको छ ।

दुई समूहबिच झडप भएपछि प्रहरीले गोली चलाएको छ ।

भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा सन्तोष यादव घाइते भएका छन् ।

कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यादवलाई जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुई समुदायबिच आइतबार पनि विवाद भएको थियो ।