९ मंसिर २०८१, आईतवार
एजेन्सी । बार्सिलोनालाई बराबरीमा रोक्दै टोटनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । बार्सिलोनाको घरेलु मैदानमा नाउ क्याम्पमा खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास मोउरोले बराबरी गोल फर्काएपछि टोट्नह्याम अन्तिम १६ मा पुग्ने भाग्यमानी टोली बन्यो ।
ओसमान डेम्बेलेले ७ औं मिनेटमा अग्रता दिलाएपनि अन्तिम सम्हालिन नसक्दा बार्सिलोना गोलको शिकार भयो जसको महत्वपुर्ण उपलब्धी टोटनह्यामले हासिल गर्यो । समूहका खेलमा निकै मन्द सुरुवात गरेको टोटनह्यामले ६ खेलमा दुईमा जित दुईमा बराबरी र दुई खेलमा हार ब्यहोरेको थियो । समुह बीबाट बार्सिलोना भने एक खेल अगावै अन्तिम १६ मा पुगेको थियो ।
इङलिस क्लब टोट्नह्यामलाई अगाडिको यात्रा तय गर्न जित्नैपर्ने दबाब थियो । तर बराबरीको नतिजापछि टोट्नहयाम सुखद नतिजा निकाल्न सफल भयो । समूह बिमा रहेको इन्टर मिलानले पिएसभीसँग १–१ को बराबरीमा खेलेपछि टोट्नह्याम हेड टु हेडका आधारमा प्रि–क्वाटरफाइनलमा पुगेको हो ।
टोटनह्यामले यसअघि घरेलु मैदानमा इन्टरलाई १–० को गोलअन्तरले हराएको थियो ।