आज नेप्से ३२.३८ अङ्कले घट्यो

होमल्याण्ड खबर

२०८२ बैशाख १० गते, बुधबार १५:४८ मा प्रकाशित

बुधबार नेप्से परिसूचक ३२.३८ अङ्कले  घटेर २६५५.९४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.८६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अङ्कले घटेको छ ।

बुधबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको हो । मङ्गलवार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेमा गिरावट आएपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

तर यता कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९.०६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५८ करोड १९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।