२२ फाल्गुन २०८२, शुक्रबार
बुधबार नेप्से परिसूचक ३२.३८ अङ्कले घटेर २६५५.९४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.८६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अङ्कले घटेको छ ।
बुधबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको हो । मङ्गलवार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको थियो ।


नेप्सेमा गिरावट आएपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
तर यता कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९.०६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५८ करोड १९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।