सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो

होमल्याण्ड खबर

२०८२ बैशाख ११ गते, बिहीबार ११:४२ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतले मिलापत्रमा पठाएको छ । राउतले २०८१ भदौ १२ गते अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका थिए ।

उक्त मुद्दामा मङ्गलवार अन्तिम आदेश गर्दै न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश गरेको हो ।

राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइत मात्र जाने गरेको र लामो समयदेखि भारतमा रहँदै आएको दाबी गर्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।

श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पूरा नगरेको बताउँदै राउतले आफू अलग बस्न चाहेको बताएका थिए ।