१२ बैशाख २०८२, शुक्रबार
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतले मिलापत्रमा पठाएको छ । राउतले २०८१ भदौ १२ गते अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका थिए ।
उक्त मुद्दामा मङ्गलवार अन्तिम आदेश गर्दै न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश गरेको हो ।
राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइत मात्र जाने गरेको र लामो समयदेखि भारतमा रहँदै आएको दाबी गर्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।
श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पूरा नगरेको बताउँदै राउतले आफू अलग बस्न चाहेको बताएका थिए ।