९ मंसिर २०८१, आईतवार
चीनको हुपेई प्रान्तका उधोगी व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छा देखाएका छन् । नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको नेतृत्वमा नेपाली उधमी व्यवसायीहरू र चीनको हुपेई उधोग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उधोग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ व्यावसायीले सो इच्छा देखाएका हुन् ।
नेपाली र चिनिया“ उधमी व्यवसायीबीच नेपाल–चीन आर्थिक व्यावसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानीसम्बन्धी नीतिगत व्यवस्थालगायतका विषयमा छलफल भएको छ । महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानीसम्बन्धी विद्यमान नीतिगत व्यवस्था भएको बताए । नेपालमा यतिखेर लगानीका लागि सबैभन्दा उपयुक्त समय भएको र नेपाललको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सबैभन्दा बढी लगानी गरिरहेको छिमेकी राष्ट्र चीनबाट धेरै अपेक्षा नेपालले राखेको उनले बताए ।
“नेपालमा लगानी, पुजी, प्रविधि भित्र्याउदा तपाईंहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ,” उपाध्यक्ष ढकालले भने । सन् २०१९ को मार्चमा सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेकोले उक्त सम्मेलनमा सहभागिताका लागि चिनिया“ पक्षलाई आमन्त्रण गरेका छन् । नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यावसायिक कृषि, पूर्वाधार, पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उधोग लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरिएको महासंघले जनाएको छ । हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हुपेई प्रान्त सहयोग गर्न आतुर रहेको बताए ।