२६ फाल्गुन २०८२, मंगलवार
सिन्धुली प्रहरीले एक युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा कल्याणपुर–११ का २३ वर्षीय जितेन्द्र कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।


बिहीबार बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेशप्रदेश –०४–००१ ज ०१५५ नम्बरको ईभी सवारी भिमान चेकपोस्टमा जाँचका क्रममा राउतले बोकिरहेको सामानभित्र प्लास्टिकमा लुकाइएको ४१ दशमलब ७७० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भिमानले राउतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले पक्राउ परेकासँग संलग्न अन्य व्यक्ति, अन्य गिरोहबारे अनुसन्धान गरिरहेको जनाएको छ ।