२८ असार २०८३, आईतवार
होर्मुज साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानमाथि यसै साताको तेस्रो चरणको सैन्य कारबाही गरेको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि इरानलाई चेतावनी दिइए पनि उसले त्यसको पालना नगरेको आरोप लगाइएको छ ।


इरानी आक्रमणबाट जहाजको इन्जिन कोठामा ठूलो क्षति पुगेको र एक चालक दलका सदस्य बेपत्ता भएको जनाइएको छ ।
यसबीच इरानले अर्को सूचना नभएसम्म होर्मुज जलसन्धि बन्द गरिएको घोषणा गरेको छ ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानको निर्णयलाई गम्भीर गल्ती भन्दै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।