९ मंसिर २०८१, आईतवार
विश्व बैंकका अध्यक्ष जिम योङ्ग किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् ।
छ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहेका जिमले आउँदो फेब्रुअरी एक देखि लागु हुने गरी राजीनामाको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
जिमले राजीनामाको कारण खुलाएका छैनन् । विश्व बैंककी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले जिमको ठाउँ लिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५९ वर्षका जिमको २०१७ मा सन् २०२२ सम्मका लागि विश्व बैंकको अध्यक्ष निर्वाचित भएका थिए ।
राजिनामापछि पनि जिम विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ ।