६ श्रावण २०८३, बुधबार
अमेरिकाले लगातार ११औँ रात इरानमाथि गरेको हवाई आक्रमणमा देशका पश्चिमी र दक्षिणी भागका विभिन्न सहरहरू लक्षित भएको इरानी अधिकारीहरूले बताएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बुधबार बिहानसम्म राजधानी तेहरानसहित पश्चिम र दक्षिणका धेरै क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ ।
सीएनएनले स्थान पहिचान (जियोलोकेसन) गरेको एउटा भिडियोमा खुजेस्तान प्रान्तको बेहबहान सहरस्थित बेहबहान नर्थवेस्ट विमानस्थल नजिक आगो र बाक्लो धुवाँ उठिरहेको देखिएको छ । उक्त क्षेत्रमा रहेका भवनहरूमा आगलागी भएको भिडियोमा देखिन्छ ।

