आन्दोलन चर्किएपछि सार्वजनिक प्रतिक्रिया दिन बाध्य भए मोदी, गान्धीले भने- ‘दयनीय’

होमल्याण्ड खबर

२०८३ श्रावण ८ गते, शुक्रबार १३:०५ मा प्रकाशित

मेडिकल शिक्षा सम्बन्धी प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै भारतभर आन्दोलन चर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

उनले विहीबार मध्यराति सोसल मिडिया एक्समार्फत् भिडियो सन्देश सार्वजनिक गरेका हुन् । कक्रोज जनता पार्टीको अगुवाइमा चर्किएको युवा आन्दोलनप्रति उनको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो ।