बाढी प्रभावितलाई मनोसामाजिक परामर्श सञ्चालन गर्न नेकपाको माग

होमल्याण्ड खबर

२०८३ भाद्र २२ गते, सोमबार १५:५४ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार र औषधिको व्यवस्था गर्न तथा अस्थायी शिविरमा रहेका बालबालिका, विद्यार्थी र परिवारका सदस्य गुमाएका व्यक्तिका लागि मनोसामाजिक परामर्श सञ्चालन गर्न माग गरेको छ ।

विद्यालय सञ्चालनका लागि वैकल्पिक स्थान र अस्थायी संरचना निर्माण गरी पठनपाठन तत्काल सुचारु गर्नुपर्ने तथा आमाबाबु गुमाएका बालबालिकाको संरक्षण, बसोबास र स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने नेकपाको पार्टी केन्द्रीय कार्यसंयोजन समितिको सोमबार बसेको बैठकले पारित गरेको प्रस्तावमा उल्लेख छ ।

खानेपानी, विद्युत्, सञ्चार र सरकारी सेवा तत्काल सुचारु गर्न तथा आपूर्ति व्यवस्थालाई नियमित बनाउन पनि बैठकले माग गरेको छ ।