सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

होमल्याण्ड खबर

२०८३ भाद्र २२ गते, सोमबार ११:१० मा प्रकाशित

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार १०० रुपैयाँ चाँदी ४० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ७ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७२५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ७६५ रुपैयाँ रहेको थियो ।