सोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध

होमल्याण्ड खबर

२०८३ भाद्र २५ गते, बिहीबार ०९:५९ मा प्रकाशित

पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।

गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।

कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ ।

पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने-बाहिरिने सवारीसाधनहरूले हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् ।

जसका कारण हेटौंडा-काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।