जापानी विदेशमन्त्री कोनो र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७५ पुष २६ गते, बिहीबार ११:१० मा प्रकाशित

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका कोनो र ओलीबीच द्विपक्षीय हित हुने विषयमा कुराकानी भएको थियो ।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनो संगको मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको बताइएको छ ।