३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानी विदेशमन्त्री तारो कोनोबीच आज भेटवार्ता भएको छ ।
जापानी विदेशमन्त्री कोनोले आज शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपति निवास सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा जापानी राजदूत मासामिचि साइगोको पनि उपस्थिति रहेको थियो ।
यस अघि जापानी विदेशमन्त्री कोनोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
मन्त्रीस्तरीय बैठकमा सहभागी हुन १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोनो बुधबार नेपाल आएका थिए ।
उनी आजै स्वदेश फर्किदै छन् ।