जनकपुरसंग काठमान्डु आठ विकेटले पराजित

होमल्याण्ड खबर

२०८३ कार्तिक १३ गते, बिहीबार १५:४७ मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।

टियु स्टेडियममा आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि जनकपुरको ८ विकेटको रवाफिलो जित निकालेको हो । ११६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेट्यायो । यो जनकपुरको दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । यता पहिलो खेल खेलिरहेको काठमाडौंका लागि भने सुरुवात सुखद् रहेन ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाउन सकेकाे थियाे । जनकपुरका बलरहरूको घातक बलिङसामु काठमाडौंका ब्याटरहरू लामो समय टिकेर खेल्न सकेनन्।