१४ कार्तिक २०८३, शुक्रबार
गोरखाको बूढीगण्डकी बाढीमा फसेको घरपालुवा कुकुरको २० दिनपछि उद्धार भएको छ । धादिङबाट आएको कायाकिङ र र्याफ्टिङ टोलीले कुकुरको उद्धार गरेको हाे ।
एनिमल नेपाल संस्थासाग समन्वय गरेर कुकुरको उद्धार गरिएको हो । हेलिकोप्टरबाट उद्धारको तयारी गरिए पनि मौसम नखुल्दा सम्भव नभएपछि कायाकिङ र र्याफ्टिङ टोलीसँग समन्वय गरेर आज उद्धार टोली जगत पुगेको हो ।


२५ असोजमा गएको बुढीगण्डकी बाढीपछि चुमनुव्री–३ जगत पारी बगरमा उक्त कुकुर फसेको थियो ।