१८ कार्तिक २०८३, मंगलवार
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल मंगलबारदेखि तिहारसम्म बिदामा बसेका छन्। सर्वोच्च स्रोतका अनुसार इनम सापकोटासँगको भेटघाटबारे प्रश्न उठिरहेका बेला उनले भैपरी आउने बिदा लिएका हुन्।
सोमबारको सर्वोच्चको पूर्ण बैठकले अनुसन्धानमा सहयोग गर्ने र सत्यतथ्य छिटो सार्वजनिक गर्न आग्रह गर्ने निर्णय गरेको थियो। उक्त बैठकमा विवादमा परेका न्यायाधीश बिदामा बस्ने विषयमा भने छलफल नभएको समाचारमा उल्लेख छ।

