यू-१९ एसिया कपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

होमल्याण्ड खबर

२०८३ कार्तिक १८ गते, मंगलवार १३:१५ मा प्रकाशित

 पुरुष यू–१९ एसिया कप २०२६ को खेल तालिका सार्वजजिक भएको छ । ओमानमा हुन लागेको खेलमा नेपालले समूह बीबाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, समूह ए मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ। खेल ओसीए ग्राउन्ड–१ मा नेपाली समयअनुसार बिहान १० : ४५ बजेबाट सुरु हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल आइतबार यूएईसँग खेल्नेछ भने मंगलबार०पाकिस्तानसँग खेल्नेछ। सबै खेल ओसीए ग्राउन्ड–१ मा हुनेछ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। गत संस्करणमा यू–१९ एसिया कपको उपाधी पाकिस्तानले जितेको थियो।