दोहोरो अंकले घट्यो नेप्से

होमल्याण्ड खबर

२०८३ कार्तिक २० गते, बिहीबार १५:५३ मा प्रकाशित

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेको हो।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्ब ४३ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ४ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ।यसदिन ३४९ वटा धितोपत्रको एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। नेपाल कुमारी सबल योजनाको मूल्य सर्वाधिक २.९६ प्रतिशतले बढेको छ।

उक्त इकाइको मूल्य ९ रूपैयाँ ३८ पैसा पुगेको छ।

यस्तै, स्नो रिाभर्सको मूल्य २.८६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८०४ रूपैयाँ ९० पैसा कायम भएको छ। यसदिन केबिएल डिबेन्चर २०८६को मूल्य सर्वाधिक ५.०९ प्रतिशतले घटेको छ।उक्त डिबेन्चरको मूल्य एक हजार १२३ रूपैयाँ २० पैसा पुगेको छ।

यसैगरी, चिरख्वा हाइड्रोपावको मूल्य ४.६१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२४ रूपैयाँ ५० पैसामा सीमित भएको छ। बिहीबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३४६ रूपैयाँमा १८ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.३७ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको ९१९ रूपैयाँमा १४ करोड ७५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक ०.०९ प्रतिशले बढेको छ भने बाँकी १२ समूहको घटेको छ।