२० कार्तिक २०८३, बिहीबार
सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाएको भन्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
सरकारले उनलाई बुधबार प्रहरी महानिरीक्षकबाट हटाएको थियो। कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी नियुक्त गरिसकेको छ।


केसीले बुधबार नै दज्र्यानी चिह्न लगाएर पदभार समेत ग्रहण गरिसकेका छन्। तर आफ्नो कार्यकाल बाँकी रहँदै हटाएपछि कार्कीले कानुनी बाटो अपनाएका हुन्।
उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ। उनलाई आईजीपीबाट हटाउनकै लागि सिर्जना गरिएको पद हो यो।
नवनियुक्त आईजी केसी पनि कार्कीकै ब्याची हुन्।