प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त

होमल्याण्ड खबर

२०८३ कार्तिक १९ गते, बुधबार १४:३३ मा प्रकाशित

सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरीको आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।