न्यायाधीश फुयालमाथि सहकर्मीकै आक्रोश : ‘तपाईं मात्र डुब्नुभएन, हामी सबैलाई डुबाउनुभयो

होमल्याण्ड खबर

२०८३ कार्तिक १९ गते, बुधबार १४:१६ मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया भनिएका इनाम सापकोटाबीचको भेटघाट र सार्वजनिक भएका ह्वाट्सएप संवादले न्यायालयभित्रै ठूलो हलचल मच्चाएको छ।

फुलकोर्ट बैठकमा अन्य न्यायाधीशहरूले फुयाललाई प्रश्न गर्दै भने, ‘तपाईंको गतिविधिले सिंगो न्यायपालिकाको प्रतिष्ठामाथि आँच पुर्‍यायो।’

फुयालले अन्य न्यायाधीशहरू पनि भेटमा सहभागी भएको संकेत गरेपछि विवाद झन् चर्किएको बताइएको छ।

अब प्रश्न एउटै छ— न्यायालयभित्रको यो विवादमा दोषी को हुन्? र सत्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुन्छ कि हुँदैन?

न्याय दिने सर्वोच्च संस्थामाथि नै प्रश्न उठेपछि जनताले जवाफ खोजिरहेका छन्।