१९ कार्तिक २०८३, बुधबार
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन ।
भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।


सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएका छन । ‘सरकारले पहिलेदेखि अप्ठेरो पारिरहेको थियो। म कानुनी लडाइँमा जान्छु।’ उनले आफूनिकट व्यक्तिहरूसँग भनेका छन्।