अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेट

होमल्याण्ड खबर

२०८३ कार्तिक १९ गते, बुधबार १६:३७ मा प्रकाशित

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको आर्थिक सहकार्य र आपसी हितका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीच आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा कुराकानी भएको थियो ।

भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो ।