८ मंसिर २०८३, सोमबार
नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सर्वाच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेश दिने वा नदिने विषयमा इजलाशमा सोमबार सुनुवाइ हुने भएको हो ।
सरकारले मन्त्रिपरिषद्को निर्णयबाट कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरेको थियो भने एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।


सरकारको सोही निर्णय कार्यान्वयन नगर्न तथा नगराउन माग गर्दै कार्की अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेका हुन् ।