दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको संयुक्त इजलासमा

होमल्याण्ड खबर

२०८३ मंसिर ८ गते, सोमबार ११:०४ मा प्रकाशित

नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सर्वाच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेश दिने वा नदिने विषयमा इजलाशमा सोमबार सुनुवाइ हुने भएको हो ।

महानिरीक्षक पद खोसिएपछि कार्कीले सरकारविरुद्ध सर्वाच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत बुधबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै उक्त मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको थियो ।

सरकारले मन्त्रिपरिषद्‌को निर्णयबाट कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरेको थियो भने एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णय कार्यान्वयन नगर्न तथा नगराउन माग गर्दै कार्की अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेका हुन् ।