अमेरिकामा तापक्रम माइनस ५० डिग्रीमा झर्यो, जनजिवन प्रभावित

होमल्याण्ड खबर

२०७५ माघ १६ गते, बुधबार १३:५२ मा प्रकाशित

अमेरिकामा तापक्रम माइनस ५० डिग्रीमा झरेको छ । चिसोले विगतका कतिपय रेकर्डनै तोडिदिएको छ ।

आर्कटिकबाट आएको हिउको चिसो हावाका कारण दुई तिहाई अमेरिकी चिसाको चपेटामा परेका छन् ।

राष्ट्रिय मौषम सेवाका अनुसार, अझै दुई दिन सम्म चिसोमा थप वृद्धि हुनेछ ।ओहायो, द ग्रेट लेक्स तथा न्यू इंग्ल्यान्डको क्षेत्र चिसोबाट धेरै प्रभावित भएका छन् ।

मंगलबार साझको समयमा तापक्रम माइनस ४६ डिग्री सेल्सियससम्म पुगेको थियो । कैयौ स्थानमा भारी हिमपात समेत भएको थियो ।

चिसो र हिउका कारण करिब १ हजार २०० उडान पनि रद्ध गरिएको छ । खराब मौषमलाई मध्यनजगर गर्दै विस्कान्सिस, मिचिगन तथा अलबामामा आपतकाल घोषणा गरिएको छ ।