९ मंसिर २०८१, आईतवार
अत्यधिक चिसो बढेसँगै अमेरिकाका विभिन्न राज्यमा ७ जनाको मृत्यु भएको छ ।
अमेरिकाको ८५ प्रतिशत भुभागको तापक्रम शून्य डिग्री भन्दा तल झरेको र हालसम्म ७ जना मानिसको ज्यान गएको अमेरिकी मिडियाहरुले जनाएका छन् ।
हिजो बुधबार अमेरिकाको राजधानी वासिङ्टन डिसीको तापक्रम माईनस ६ डिग्री, शिकागोको तापक्रम माईनस २७, न्यूयोर्कको माईनस १३ फरेनहाईटको चिसो हुरी चलेको थियो ।
बुधबार अमेरिकामा अहिलेसम्मकै चिसो बढेको बढेको छ । चिसोकै कारण हजारौँ मानिस प्रभावित भएका छन् भने हजारभन्दा बढी उडान रद्द भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।